दफा १४०
कृत्रिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने

(१) कसैले सर्वसाधारणले प्रयोग वा उपभोग गर्ने सामान्य उपभोग्य वस्तुको वा त्यस्तो वस्तुको भौतिक वा रासायनिकतत्वमा कुनै भौतिक वा रासायनिक प्रक्रिया, फर्मूला, उपाय वा विधिबाट हेरफेर, परिवर्तन गरी वा त्यसकोे रुप,बनौट वा आकारमा परिवर्तन गरी कुनै किसिमको बम वा अन्य कुनै विष्फोटक पदार्थको रुपमा प्रयोग गर्न वा गराउनहुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजायहुनेछ ।